एकै परिवारका चार जनाको ज्यान गयो
काठमाडौं । ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ मा एकै घरका पाँच जनाको मृत्यु भएको छ। चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
ललितपुरको कोञ्ज्याेसोम गाउँपालिका-४ नल्लुका काइँली स्याङ्तानको परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना भने बेहोस अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उपचारका लागि उनलाई अस्पताल लगिएकाे छ ।
मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्बो, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङ्बो, नाती ९ वर्षीय आशिष स्याङ्बो र नातिनी ५ वर्षीय आस्मा स्याङ्बो छन् । त्यस्तै २३ वर्षीय छोरा सुभाष स्याङ्बो घाइते छन् । नवजात दुई दिनको शिशुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले कोइला बलेको जस्तो र बान्ता गरेको जस्तो देखिएको जानकारी दिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।
