राप्रपा अध्यक्ष लिङ्देन सुर्खेत आउँदै
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सुर्खेत आउन लागेका छन् । पार्टीले आयाेजना गरेकाे आमसभालाई सम्बाेन्धन गर्न लिङ्देनसहित केन्द्रीय स्तरका नेताहरु सुर्खेत आउन लागेका हुन् । राप्रपा अध्यक्ष लिङ्देनसहित पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पुर्व मन्त्री बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही, रेखा थापा, लगायतका नेताहरु आउन लागेका हुन् ।
