दलिय स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थलाई पहिलाे प्राथमिकता दिऊ: मन्त्री शाही
दैलेख। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई दलिय स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न समेत आग्रह गरेका छन् । आइतवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शाहीले यस्तो बताएका हुन् ।
मन्त्रीले दैलेखको पञ्चकोशी क्षेत्रको विकासका लागि पञ्चकोशी क्षेत्र विकास कोष स्थापना गर्न पहल भईरहेको बताएका छन् । दैलेख जिल्लाको शान्ति सुरक्षाका हिसावले आवश्यकता परेको स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढेको समेत बताए । अर्को प्रसंगमा मन्त्री शाहीले ठाटीकाँध गाउँपालिकाका पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी दिए ।
लोकतान्त्रीक प्रणालीको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र संचार भरपर्दो र विश्वसनियताका खम्बा रहेको उल्लेख गर्दै । आफुले संचार माध्ययमलाई अगाडी बढाउन सके लोकतान्त्रीक प्रर्णालीको संस्थागत विकासमा सहयोग पुग्ने बताए ।
नेपाली जनताको त्याग र बलिदानले अहिले मुलुकले संघीय लोकतान्त्रीक गणतन्त्र प्राप्त गरेको बताउँदै मन्त्री शाहीले नेपाली जनताको आँगनमा बेरोजगारी, गरिबी, अशिक्षा जस्ता पीडादायी समस्याहरु रहेको कारण लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकास गर्नमा मुलुक रुमल्लिएको बताए ।
उनले जडीबुटी संरक्षणका लागि कर्णाली प्रदेश सरकारले विद्येयक नै तयारी गरिसकेको समेत बताए । मन्त्री शाहीले नेपाल पत्रकार महासंघ दैलेखको भवन निर्माणमा बजेट व्यवस्थापनका लागि आफुले पहल गर्ने प्रतिबद्धता सम्मेत जनाएका छन् ।
तपाईहरु संग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
