आठबिस नगरपालिकालाई ११ पालिकाकै नमुना र उत्कृष्ट पालिका बनाउने प्रयासमा छु , प्रमुख प्रशासकिय अधिकृत ; शाही
दैलेख । दैलेखको आठबिस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीले आठबिस नगरपालिकालाई जिल्लाकै ११ वटा पालिका मध्ये उत्कृष्ट पालिका बनाउने प्रयास आफुले गरिररहेको भन्दै त्यसको लागी सबै कर्मचारीले साथ दिनुपर्नेमा जोड दिनुभएको छ । नगरपालिका अन्तरगत शाखा प्रमुखहरुलाई निर्देशन दिदैँ शाहीले गल्ति नगर्नु र नडराउनु भन्दै कुनै समस्या परेको खण्डमा आफुलाई जानकारी गराउनुपर्ने र अभिभावक भएर आफुले त्यसको सामना गर्ने बताउनुभयो ।
साथेै शाहीले जनताको काम कर्तव्यवोधका साथ गर्न भन्दै असल कर्मचारीलाई राष्ट्र र जिल्लाकै उत्कृष्ट पदकको लागी आफुले सिफारिस समेत गर्ने र गल्तिी गरेको खण्डमा आफुले कार्बाही समेत गर्ने जानकारी दिनुभयो ।
