लागु औषध सहित एक जना पक्राउ
सुर्खेत । प्रहरीले लागू औषध सहित एक जनालाई वीरेन्द्रनरबाट पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे वीरेन्द्रनगर १० बाट प्रदेश प्रहरी कार्यालय लागू औषध ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले बराहताल गाउँपालिका १० ओखालतालका २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो ।
उनको साथबाट कागज सहित २४० मिलिग्राम र शुद्द १२० मिलिग्राम लागू औषध ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद गरेको छ । प्रहरीले उनी माथि अनुसन्धान भइरहेको जनाएको छ ।
