एचआईभि एड्स सम्बन्धी सचेतना कार्यक्रम
सुर्खेत । सुर्खेत महिला जेसीजको आयोजनामा एचआईभि एड्स सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा किशोर किशोरीहरुका लागि सचेतना सम्बन्धी कार्यक्रम आयोजना सम्पन्न भएको हो ।
कार्यक्रममा हेल्थ पब्लिक अफिसर अन्जु सापकोटा, डा.सुवर्ण भण्डारी र नगर स्वास्थका पुस्कर खड्काले प्रशिक्षण दिएका थिए ।
नगर प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा र सुर्खेत महिला जेसीजका अध्यक्ष मनिषा कौशलको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा महिला जेसीजका पूर्व अध्यक्ष तथा संस्थापक महासचिव ज्योती कार्कीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरेन्द्रनगरस्थित विभिन्न १८ वटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागीता रहेको थियो ।