छैठौं महाधिबेशनबाट शाही विजय
सुर्खेत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको केन्द्रिय सदस्यमा कर्णबहादुर शाही विजय भएका छन् ।
भेरी कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष सुर्यबहादुर रावतलाई पछि पार्दै शाही विजय भएका हुन् ।
शाहीले ३८ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी रावतले २४ मत प्राप्त गरेका थिए ।

शाही भेरी कर्णाली यातायात ब्यबसायि संघमा सदस्य र हिमाल यातायात ब्यबसायि संघमा १ कार्यकाल कोषाअध्यक्ष हुँदै हाल पब्लिक हिमाल यातायात प्रालिका कोषाध्यक्ष हुन् । एक दशक सम्म यातायात क्षेत्रमा अनुभव संगालेका शाहीले २०७८ चैत्र २७ देखी २९ सम्म ललितपुरको गोदावारीमा भएको महाधिवेशनमा केन्द्रिय सदस्यमा विजय भएका हुन् ।
