देशभर थप १० जनामा कोरोना संक्रमण, ३३४ सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ४०३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
३ हजार ५८ जनाको पिसिआर र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै ३६ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३३४ सक्रिय संक्रमित छन्।