चामुण्डा विन्द्रासैनीको मेयरमा नेतृ मनिषा कार्की सिफारिस
दैलेख । दैलेख नगरपालिकाको मेयरका लागि नेकपा (एकीकृत समाजवादी)बाट अनेरास्ववियू केन्द्रीय सचिव युवा नेतृ मनिषा कार्की सिफारिस भएकी छन् ।
एकीकृत समाजवादी चामुण्डा विन्द्रासैनीको नगरकमिटीको बिस्तारित बैठकले नगरप्रमुखमा कार्कीलाई सिफारिस गरेको हो।
दैलेखकै स्थानीय स्कुल जयदेव माविबाट बिद्यार्थी राजनीति सुरु गरेकी कार्की एकीकृत समाजवादी निकट बिद्यार्थी संघठन अनेरास्ववियू केन्द्रीय सचीव हुन ।
त्रिभुवन विश्वविद्यालयबाट प्राणी शास्त्रमा स्नातकोत्तर गरेकी कार्की बौद्धिक एव प्रभावशाली नेताको रुपमा स्थापित छन् ।
कार्कीले राष्ट्रिय र जनजिविका पक्षमा विद्यार्थी आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेकी छन ।
राष्ट्रियताका पक्षमा, संविधान रक्षार्थको लागि प्रतिगमनका विरुद्ध, शिक्षामा भएका विकृति तथा विश्वविद्यालय भित्रको निजीकरण, पेट्रोलियम पदार्थको मुल्य वृद्धि, बलात्कार विरुद्ध, एमसीसी खारेजी लगायतका आन्दोलमा अग्र पंक्तिमा रहेकी कार्की कयौं-पटक घाइते र प्रकाउ समेत परेको थिइन् ।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा होमिएकी कार्की पच्छिलो चरण सम्रग कर्णाली र केन्द्रीय स्तरसम्म परिचित छिन् ।
एकीकृत समाजवादीबाट नेतृ कार्कीसँगै चामुण्डा विन्द्रासैनी नगरप्रमुखमा अन्य दुईजना सिफारिस भएका हुन् ।