प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।
हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
दुई बर्षपछि प्रतिबन्ध हटाईयो,विप्लवले छोडे हिंसाको बाटो
नेपाल सरकारले प्रतिबन्ध लगाएको दुईबर्षपछि विप्लब माथिको प्रतिबन्ध हटाएको छ । आज नै नेपाल सरकारले प्रहरीका कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रतिबन्धपछि विप्लवले हिंसाको बाटो छोडेर लोकतन्त्रको बाटोमा लागेका छन् ।
सरकार र विप्लव बिच भएको तीन बुँदे सहमति पत्र

