दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु
सुर्खेत । कर्णाली राजमार्ग अन्र्तगत पर्ने दैलेखको आठविस नगरपालिका १ असरा नजिक बस दुर्घटना भएको छ ।
कालिकोट देखि सुर्खेततर्फ आउदै गरेको भे १ ख ६६० नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी दैलेखका अनुसार साँझ ८ बजे बस ३० मिटर तल कर्णाली नदिमा खसेको र चार जनाको मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको वितृत विवरण आउन बाँकीे रहेको प्रहरीको भनाई छ ।
