स्थानिय तह कार्यपालिका पुर्ण गर्नेमा आठबिस नगरपालिका जिल्लाकै पहिलो
सुर्खेत । दैलेखको आठबिस नगरपालिकाले नगरकार्यपालिका पुर्ण गरेको छ । स्थानिय तहको निर्वाचन २०७९को निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएपछि निर्वाचित जनप्रनितिनिधिहरु मध्येबाट तथा पार्टीबाट छनौट गरिएका उम्मेद्धारहरुको कार्यपालिका निर्वाचनबाट आएका सदस्यहरुले कार्यपालिकाले पुर्णता पाएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा आउदो जेठ १६ गते कार्यपालिका निर्वाचन तय गरिएको छ । तर आठबिस नगरपालिकाले सबैभन्दा छिटो कार्यपालिका निर्वाचन बाट कार्यपालिकालाई पुर्णता दिएको छ ।
हामिले कार्यपालिका लाई पुर्णता दिएका छौँ जुन जिल्लाकै पहिलो पालिकाको रुपमा रहेको छ , अब यसै गरि विकासनिर्माण र सहकार्यमा पनि आठबिस जिल्लाकै पहिलो पालिकाको रुपमा हुनेछ आठबिस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीले बताउनुभयो ।
निर्वाचित जनप्रतिनिधिहरुबाट ५ र खुल्ला ३ गरेर जम्मा ८ जनालाई कार्यपालिका निर्वाचनबाट छनौट गरिएको छ ।
जुन कार्यपालिकाको विवरण यस प्रकार छ ।
नगरप्रमुख : तर्क बहादुर बडुवाल
नगरउपप्रमुख : कल्पना थापा
वडा नं.१ वडाध्यक्ष : बम बहादुर रावत
वडा नं. २ वडाध्यक्ष : कलम कामी
वडा नं. ३ वडाध्यक्ष :नगेन्द्रराज कार्की
वडा नं. ४ वडाध्यक्ष : टेक बहादुर माझी
वडा नं. ५ वडाध्यक्ष :बजिरसिंह विक
वडा नं. ६ वडाध्यक्ष :नवराज शर्मा
वडा नं. ७ वडाध्यक्ष :जैसिंह कठायत
वडा नं. ८ वडाध्यक्ष :अदल शाही
वडा नं. ९ वडाध्यक्ष : शेर बहादुर सिजापति
अन्य सदस्यहरु ;
बिरेन्द्र माझी
हरिकला माझी
खजुरा भण्डारी
बिर बहादुर नेपाली
सेतु नेपाली
तारा विश्वकर्मा
बिमला विक
दयाराम विक
