राष्ट्रपति भण्डारी सुर्खेतमा
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएकी हुन् ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले मंगलबार दिउँसो १ः४५ बजेको सायमा सुर्खेतको वीरेन्द्रनगर पुगेको जानकारी दिए ।
भण्डारी सूदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्ने बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारी ले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए ।
यस्तै, आन्तरिक पर्यटन प्रद्र्धनका लागि दोस्रो लुम्बिनीको उपमा पाएको कर्णालीको प्रमुख पर्यटकिय स्थल काँक्रेविहारमा जाने कार्यतालिका रहेको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।
