जनप्रतिनिधिहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन ।
सुर्खेत । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकार तथा विभिन्न बिकास साझेदार संस्थासँगको सहकार्यमा सिमान्तकृत समुदायका जनप्रतिनिधीहरुका लागि दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आईतवार सुर्खेतमा संचालन गरेको छ।
सिमान्तकृत समुदायका नवनिर्वाचित जनप्रतिनिधीहरुको क्षमता बिकास गर्ने उद्धेश्यले यो कार्यक्रम गरिएको हो । कार्यक्रमको अध्यक्षता गाउँपालिका राष्ट्रिय महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष भिम बहादुर सेनले गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सदस्य दल फडेरा र गाउँपालिका राष्ट्रिय महासंघ कार्यक्रम अधिकृत प्रतिज्ञा न्यौपाने मिश्रले कार्यक्रममा आफ्नो बिचार राख्नुभएको थियो ।






