जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु , ९ जना घाईते ।
सुर्खेत । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।
सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरकाे जीप वडा नं ५ को गर्खाकोट ( वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो। जीपमा ११ जना सवार रहेका थिए।
घाइतेहरुको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएको समेत प्रवक्ता नेपालीले बताए।
यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टर समेत घटनास्थलमा पुग्ने बताए।