आठबीसको प्रस्ताविक बजेट ५० करोड ७० लाख
दैलेख । दैलेखको आठबीस नगरपालिकाले ५५ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको हो।
नगरपालिकाले ११ औं अधिवेसनमा नगरप्रमुख तर्क बहादुर बडुवालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट पेस गरेका हुन्।
नगरपालिकाले मुख्य गरि शिक्षा, स्वास्थ्य,खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेर शुक्रबार नीति तथा कार्यक्रम ल्याएको छ।
नगरपालिकाले कृषि,तथा पशुपालन क्षेत्रकाे विकास तथा विस्तार,सडक,यातायात,सुरक्षित आवास तथा विधुतिकरण,वन वातावरण,तथा विपद व्यवस्थापन,प्रभावकारी सेवा प्रवाहा र सुशासनमा जाेड, पर्यटकीय पूर्वाधार,स्थानीय उत्पादनकाे प्रर्वर्दन,युवा तथा खेलकुदलगाएतका कार्यक्रम अगाडि सारिएको छ।
अगामी ३ वर्ष भित्र सबै वडामा विद्युतीकरण पूरा गर्ने लगायतका मुख्य कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएकाे नगरपालिकाले जनाएको छ।
