रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
खाँडादेवी गाउँपालिका-१, स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।
‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले भने, ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।
उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।
बस रामेछापबाट काठमाडौं आउँदै थियो। दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।
कसरी भएको हो भन्ने बुझ्न भनेको छु, उनले भने।
