दैलेखको आठबीस नगरपालिका ई–हाजिर संचालन।
दैलेख । दैलेखको आठबीस नगरपालिका नगर- कार्यपालिकाको कार्यालय राकम कर्णालीमा आजबाट ई–हाजिरी सुरु भएको छ। नगरपालिकाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई–हाजिर संचालनमा ल्याइएको हो ।
कार्यालयका कर्मचारीहरुलाइ समयको पालना गराउन तथा जिम्मेवारी प्रति थप जिम्मेवार र उपस्थितिलाई पारदर्शी बनाउन र सेवा ग्राहिलाइ स्तरीय सेवा दिन नगरपालिकामा ई–हाजिरी जडान गरिएको आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले बताए ।
आठबीस नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दिलबहादुर शाहिले सोमबार बिहान ई–हाजिर गरी सेवा सुरु गरेका हुन । अनुशासन र समयको पालना गराउन सुशानको पाटोलाइ थप मजबुत गराउन ई–हाजिर सेवाले बल पुर्याउने आशा गरिएको छ। ई–हाजिरका आधारमा कर्मचारीहरुको तलब निकासा हुने नगरपालिकाको भनाई छ ।
अबको केहि समयमा नगरपालिका भरीका वडा कार्यालय,स्वास्थ्य संस्था ,विद्यालय लगायत सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि ई–हाजिर सेवा जडान गर्ने नगरपालिकाको योजना रहेको छ।
