करार कर्मचारी हटाएपछि गुराँसेमा गोली चल्यो ।
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारी हटाएको विषयलाई लिएर प्रदर्शन हुँदा गोली चलेको छ । शुक्रबार करार कर्मचारी हटाएको विषय लिएर करार कर्मचारीहरुले गाउँपालिकाको कार्यालय नजिकै प्रदर्शन गर्दा आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको हो ।
प्रदर्शन निणन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउँन बाध्य दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले गोली चल्दा तीन जना घाइते भएका जानकारी दिएका छन् । घाईतेमध्य वडा नम्बर १ का कार्यालय सहायक बखत खत्री घाईते भएका छन् । अन्यको पहिचान भने खुलेको छैन् । घाइतेहरुलाई थप उपचारको लागि सुर्खेत पठाइएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।
