इन्जिनियर्स एसोसियसन र होप पोलिक्लिनिक बीच सम्झौता ।
सुर्खेत । नेपाल इन्जिनियर्स एसोसियसन, कर्णाली प्रदेश र विरेन्द्रनगर नगरपालिका वडा नं ३ मा रहेको होप पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा लि बीच सम्झौता भएको छ । आज दुबै पक्षको आपसी सहमतिमा सम्झौता भएको हो ।
सम्झौतामा होप पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा लिले नेपाल इन्जिनियर्स एसोसियसनका सदस्यहरुलाई बिभिन्न स्वास्थ सेवामा छुट दिने भएको छ । जसमा नेपाल इन्जिनियर्स एसोसियसनका सदस्यहरुको ल्याव परिक्षणमा २० प्रतिशत, डाक्टर शुल्कमा २५ प्रतिशत,औषधीमा ५ प्रतिशत, छुटको व्यवस्था गरिनेछ । यस्तै युएसजी मा २० प्रतिशत, इसिजीमा २० प्रतिशत र एक्स-रे मा २० प्रतिशत छुट हुनेछ ।


