प्रेस युनियनको नवौँ महाधिवेशन हेटौंडामा सुरु
देउवा र काेइराला पक्षका पत्रकारबीच प्रतिस्पर्धा
हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि सुरु भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडास्थित रोयल पार्टी प्यालेसमा महाधिवेशन उद्घाटन गरे । कार्यक्रममा सहभागी हुन कांग्रेसका शीर्ष नेताहरू हेटौंडा पुगेका छन् ।
आज र भोलि चल्ने भनिएको महाधिवेशनबाट युनियनकोनयाँ नेतृत्व निर्वाचित हुने छ । ७७ जिल्लाकै युनियन शाखा, उपशाखा, उपत्यका समिति, विभिन्न प्रतिष्ठान र प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी १६ सय ५० जना सहभागी हुने बताइएको छ । महाधिवेशनबाट युनियनको आगामी नयाँ नेतृत्व निर्वाचित हुनेछ ।
युनियनको महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षनिकट पत्रकारको प्यानलबीच टक्कर हुने छ । देउवा पक्षबाट अनिता बिन्दु नेतृत्वको समूह छ । शेखर पक्षबाट शिव लम्सालसहितको प्यानल छ ।
