राष्ट्रिय रक्तसंचार दिवसका अवसरमा सुर्खेतमा रक्तदान कार्यक्रम ।
सुर्खेत। कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक रक्तदान गरिएको छ । बढ्दो रगत आपूर्तिको मागलाई सहज व्यवस्थापन गर्नका लागि गठीत नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतले प्रदेशमै सबैभन्दा बढी रक्तदान गरेको हो । ५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष एवं नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा ९१ पिन्ट रगत संकलन गरिएको छ ।
सुर्खेत जिल्लामा रगतको अभावलाई परिपूर्ति गर्न एव सहजतरिकाले रगत उपलब्ध गराउनका लागि समाजको शाखा गठन गरिएकोमा नेपालका सर्वाधिक रक्तदाता कर्मचार्यले १७१ औं पटक सुर्खेत रक्तदान गरेको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । उनले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यले ७५, महिलातर्फ कृति शाक्य गुभाजू र ज्योती पौडेलले १९/१९ औं रक्तदान गरेको बताए ।
अध्यक्ष शाक्यकाअनुसार कुनैपनि बिरामीका लागि सहज रगत प्राप्त होस भन्नका लागि समाजको शाखा गठनसँगै सुर्खेत जिल्लाभन्दा बाहिरबाट उपचारका लागि वीरेन्द्रनगर आउने बिरामीहरुलाई सहजरुपमा रगतको आवश्यकता पूर्ति गर्नमा सबैको हातेमालो गरिदिनहुन अग्रह गरेका छन् ।