सिजालीलाई ४० हजार कोरियाली नेपालीको सहयोग
नाराण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको उपचारका लागि ४० हजार नगद सहयोग रकम हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरीयामा रहेका नेपालीहरुले संकलन गरेर पठाईएको रकम बिहीवार हस्तान्तरण गरिएको हो ।
नारायण नगरपालिका–१० भवानी दैलेखका बखतबहादुर थापाको संयोजकत्वमा सुर्खेतका तुलस गुरुङ, कालिकोटका ललितजंग राना, दैलेखका आइपी लामिछाने, सुर्खेतका ललित थापा, सुर्खेतकै लक्ष्मीनारायण बस्नेत, दैलेखका बामदेव गौतम, भोजपुरका सन्तोष ताम्लिङ राई, सुर्खेतका महेश महतरा, पोखराका प्रविन पौडेल, मोरङका रोजन विक, सोलुखुम्बुका साजन राई, सुर्खेतका प्रेम विसीले ४० हजार रकम सहयोग गरेका हुन् ।
विहिवार भरतका छोरा र छोरीको रोहबरमा भरतका भाई दुर्गबहादुर सिजालीलाई सहयोग रकम ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । दैलेखमा लामो समय देखि समाजसेवामा सहयोग गर्दै आएका कलाकार लोकेन्द्र जिसी कुमारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार अमर सुनार,विशाल सुनार,हिक्मत नेपाली र अधिकारकर्मी रमा श्रेष्ठको उपस्थिति रहेको थियो ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी तथा कलाकार लोकेन्द्र जिसी कुमारले भरतबहादुर सिजालीको उपचारमा आर्थिक अभाव भईरहेको समाचार पढेपछि दक्षिण कोरियाली नेपाली सहयोगी मनले सहयोग गरेको जानकारी दिए । मैले सहयोगी मनलाई अनुरोध गरे ।
स्वीकार गरेर सिजालीको उपचार खर्च स्वरुप ४० हजार सहयोग पठाईदिनुभयो, हामीले भरतको परिवारलाई हस्तान्तरण गरेका छौ । जिसीले भने,म सबै सहयोगी मनलाई सलोट गर्न चाहान्छु ।
भरतको उपचारका लागि थप सहयोग गरिदिन समेत आग्रह गरेका छन् । नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात मेरुदण्डका बिरामी ९प्यारालाइसिस० ले थला पारेपछि उपचारमा आर्थिक अभाव भएको समाचार विभिन्न सञ्चारमाध्ययममा प्रकाशित भएका थिए । भरत हाल उपचारकै क्रममा छन् ।
