सुर्खेत महिला जेसिजले विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह मनाउँदै
सुर्खेत । सुर्खेत महिला जेसिजले यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह मनाउँने भएको छ । यही साउन २४ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाउन लागेको हो ।
सुर्खेत महिला जेसिजले आइतबार पत्रकार सम्मेलन गरेर जेसिज सप्ताहका बारेमा जानकारी दिइएको छ ।
जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक सिता भण्डारीेका अनुसार सप्ताह अन्तरगत रक्तदान कार्यक्रम, शैक्षिक समाग्री वितरण, तनाव व्यवस्थापन तालिम, बक्तृत्वकला प्रतियोगिता, नारी सम्मान कार्यक्रम गरिने छ ।
