लोक सेवा आयोगका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक प्रमाणिकरण
सुर्खेत । प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको परिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रमाणिकरण गरेका हुन् ।
लोक सेवा आयोगका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक प्रदेश सभाबाट साउन ९ गते पारित भएको थियो ।
