कर्णालीमा माओवादीका २ मन्त्रीले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।
आज आइतवार मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुवै मन्त्रीले राजीनामा दिएका हुन् । पार्टीले फिर्ता बनाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रका सरकारमा तीन जना मन्त्री थिए । दुई जना मन्त्री फिर्ता बोलाएसँगै अब उनीहरुको ठाउँमा माओवादी केन्द्रले प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा पठाउँदै छ ।
