कर्णाली सरकारको समर्थन फिर्ता लिन ओली पक्षको निर्णय
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले केपी समुहले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ । कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।
बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागि थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट सरकार गठन गरिने जानकारी दिए ।
सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया , बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही , देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए । सांसद पद्मा खड्का र पदमबहादुर रोकाया माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका हुन् ।
