दैलेखबाट लागूऔषधसहित दुई जना पक्राउ
सुर्खेत । प्रहरीले लागुऔषधसहित दैलेखबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको नारायण गरपालिका–१ पुरानो बसपार्क उनिहरुलाई पक्राउ गरेको दैलेख प्रहरीले जनाएको छ।
पुरानो बसपार्कमा रहेको जयदुर्गा होटलको दोस्रो तलाको दक्षिण तर्फको कोठामा लागूऔषध (ब्राउनसुगर) सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोलि खटिगएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–२ जाहरकोटका २९ बर्षीय शंकर भट्टराई र कुसाडाका २७ वर्षीय योगेश सिजापती रहेका छन्।
उनिहरुलाई प्रहरीले सोही होटल मदिरा सेवन गर्दा आफ्नो अगाडी राखि सेवन गरि रहेको अवस्थामा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ ४५ मि.ग्रा. सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।
उनिहरु माथी थप अनुसन्धानकार्य भई रहेको प्रहरीको भनाई रहेको छ।
