काठमाडौबाट आउँदै गरेको बस त्रिशूलीमा खस्दा १६ जना घाइते
काठमाडौं । काठमाडौंबाट रूकुमतर्फ आउँदै गरेको बस शनिबार त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।
शनिबार साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको डिएसपी श्याम बहादुर खत्रीले बताएका छ्न।
बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार १६ जना व्यक्ति दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ।
घाइतेहरुलाई स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले बताएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको छ।
