प्रचण्ड भन्छन्-कालीकोटबाट महेन्द्रबहादुर शाही केन्द्रमा मन्त्री बन्ने पक्का
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले कालीकोटबाट महेन्द्रबहादुर शाही केन्द्रमा मन्त्री बन्ने पक्का भएको बताएका छन्।
मंगलबार कालिकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले जुन दिन शान्ति सम्झौता भएको दिन थियो त्यही दिन गिरजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भन्ने गरेको दोहोराएका छन्।
उनले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेकने भएकाले बिना हिचकिचाहड गठबन्धनका उम्मेदवारलाई भोट दिन उनले आग्रह गरे।
प्रचण्डले निर्वाचन पछि गठबन्धन नै नेतृत्वमा सरकार बन्ने र सरकार गठबन्धनकै बनेपछि बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने दाबी गरे।
उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तोरन्नती गर्ने कुरामा आफु प्रतिबद्ध रहेको समेत बताए।
