भूकम्पले डोटीमा ६ जनाको मृत्यु
गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको जानकारी दिइन्।
‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्,’ उनले भनिन्, ‘एउटा बच्चाको सकुशल उद्धार गरिएको छ।’
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताइन्।
खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
