काठमाण्डौका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गौतम, पराजुली र श्रेष्ठको जित
सुर्खेत । काठमाण्डौको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् । गौतम १५ हजार २ सय २९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुँयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका थिए ।
पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै स्वतन्त्र पार्टीबाट काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
