सुर्खेत १ बाट कांग्रेस उपसभापति खड्का विजयी
सुर्खेत। सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । उनी ११ हजार ६१९ मतान्तरले खड्का विजयी भएका हुन् । उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।
उपसभापति खड्का पाँचौँ पटक विजय भएका हुन् । उनले २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बनेका थिए। २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित भएका थिए । खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका हुन्। उनी नेपाली कांग्रेसको पूर्व महामन्त्री समेत हुन।
