वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता तालिम सम्पन्न
सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) अन्तर्गत दैलेख र सुर्खेत जिल्लामासहजीकरण गरिएका वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाका सहजकर्ताहरुलाई ४ दिने पूर्नताजगी तालिम मिति २०७९ मंसीर १४ देखि १७ गतेसम्म भ्याली भ्यू होटल सुर्खेतमा सम्पन्न भएको छ । तालिममा २६ जना (FEBL)सहजकर्ताको सहभागिता रहेको थियो ।
मूल्य शृङ्खलामा आवद्ध कृषकहरुमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरताको माध्यमबाट वित्तीय सेवाहरुको प्रयोग तथा समयानुसार व्यक्तिगत, घरायसी र आफ्नो लघु उद्यममा वित्तीय अनुशासन तथा वित्तीय व्यवस्थापन गर्ने क्षमता वृद्धि गर्नु, आफ्नो सीप, क्षमता, लगानी तथा भौगोलिक अवस्था अनुसार उपयुक्त व्यवसायको छनौट तथा संचालन गर्न सहजीकरण गर्नु, समूह सदस्यहरुलाई उद्यम सञ्चालन तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु, वित्तीय आवश्यकताको पहिचान तथा उपलब्ध स्रोतको बारेमा जानकारी गराउनु,।
पोषण पाठशाला संचालन गर्ने र एक सदस्य एक पोषण बगैंचाको अभियान संचालन गरि पोषण तथा स्वास्थ्य र चेतनाको विषयलाई घर तथा परिवार सम्म पु-याउन सु-सूचित गर्नु तथा मूल्य शृङ्खलामा आवद्ध समूह/सहकारीको आम्दानी खर्चको हिसाब किताब राख्न सहजीकरण गरि खासगरि प्रजनन उमेरका विशेषत १५ देखि ४९ वर्ष सम्मका महिला सदस्यहरूलाई खाद्य विविधताको बारेमा चेतना अभिवृद्धि गर्नु वित्तिय शिक्षा तथा व्यावसायिक सारक्षता कक्षा संचालनको उद्देश्य रहेको छ ।
कृषि क्षेत्र विकास कार्यकमको सहयोगमा कार्यक्रम लागु भएका कर्णाली प्रदेशका १० वटा जिल्लामा जम्मा ५१२ समुहमा १४४४३ सदस्यहरुलाई वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा संचालनमा रहेका छन् ।
पूर्नताजगी तालिममा वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा संचालनमा आईपरेका समस्याहरुका बारेका छलफल अन्तक्रिया, कृषक डायरिको महत्वकासाथै FEBL कक्षासंग सम्बन्धित अन्य विषयवस्तुहरुमा अभिमुखीकरण गरिएको थियो । तालिमको सहजीकरण (ASDP) ग्रामीण वित्त विज्ञ, तर्कराज जोशीले गर्नुभएको थियो ।
लेखनः रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत, (ASDP)सुर्खेत
