४० वर्ष जेल बसेर घर फर्कदै गरेका छोरालाई हेर्न आतुर छिन् ८५ वर्षिय आमा
इलाम । हराएको ४० वर्षपछि भारतको कोल्कतामा जेल जिवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोसी (तिम्सीना) घर आउने भएसँगै परिवारमा खुसि छाएको छ । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना औधि खुसि छिन । २०३७ साल माघमा पुरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाकोबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएको छोरो जिउँदै आउला भन्ने धनमायाको मनमा छँदै थिएन । तर छोरो जिउँदै रहेको र घर आउने भएसँगै खुशी भएकी हुन । उनी भन्छिन ‘कमाउनका लागि घरबाट हिनेको छोरो घर आउँदा बुढेसकालमा आफूलाई साहार भएको बताउछिन ।’ धनमायाको गाईले हानेपछि एउटा हात गुमेको छ आफू काम गर्न गर्न सक्दिनन् ।
दिपक हराएपछि भएको जग्गा १० हजारमा बेचेर माई नगरपालिकाको चिसापानिमा आएर बसेको धनमायाँ बताउँछिन । तोरी बेच्न बजार गएका दीपक शर्मा तिम्सिना चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएनन् । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ ले पठाएको पत्र घरमा आयो । पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो तर त्यो चिठी दीपकले नै पठाएका हुन् भन्ने परिवारलाई विश्वास भएन । तैपनि आएको चिठीको व्यहोरा अनुसार खोजतलास गर्दा केही सूचना मिल्यो कि उनी पक्कै भारतको कुनै स्थानमा जेलमै छन् । तर कसरी, किन, कहिलेदेखि उनी जेल परे, अहिले उनी कहाँ छन् भन्ने यकिन गर्न पत्र आएको मितिले आठ वर्ष लाग्यो र जेलमा पुगेर भेटेरै आए । ठूलो बुबा भेट्न गएका दिपकका कान्छो भाईका छोरा गोपाल तिम्सिना भन्छन ‘भाषा पनि विर्षनुभयो होला भन्ने लागेको थियो तर कान्छो भाईको नाम केहो भन्दा धर्मे भन्नुभयो,माईलोको नाम के हो भन्दा केदारनाथ भन्नुभयो, अनि दिदीहरु र आमाको नाम पनि भन्नु भयो ।’

भारत कोलकाताको दमदम जेलमा रहेका दीपक करिब ४० वर्षअघि नै जेल परेको अवस्थामा फेला परेका दिपक परिवारको वर्षाैंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा दाजुसम्म पुग्न सफल भएका तिम्सिना परिवालाई भने के कारणले जेल परे भन्ने पत्तै छैन । घरबाट हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म परिवारले पत्ता लगायो । हत्याको अभियोग थियो भन्ने त थाहा भयो तर हत्या उनले गरे वा अरू कसैले गरेको हत्यामा उनी फसेका हुन् भन्ने पत्तै छैन । २०१७ सालमा जन्मिएका दीपकका बुबाको २०२४ सालमा निधन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात छिन्यो । धनमायाँका चार छोरा तीन छोरी मध्ये दुई छोरा र एक छोरीको मृत्यू भै सकेको छ । भएका दुई छोरा र एक छोरी पनि मानिसिक रोगको कारण अस्वस्थ रहेका छन् ।
जेलबसेका दिपक मानसिक रोगको चपेटामा छन । घरमा रहेका कान्छा छोरा पनि मानसिक रोगको औषधि खाईरहेको उनका छोरा गोपाल बताउँछन । धनमायँकी छोरी पनि मानसिक रुपमा अस्वस्थ छिन । उनी घरमा बस्तिनन । बारीमा पकाउने खाने र मान्छे गए भग्ने गरेकी उनी बेलुका चाँहि सुत्न घरमा आउने भदा गोपाल बताउँछन । कोलकातास्थित नेपाली वाणिज्य दूतावास, दीपकको मुद्दाबारे जानकारी भएका भारतीय कानुन व्यवसायी, स्थानीय सञ्चार संस्था, पत्रकार र नागरिक अगुवाहरूको पहलमा दीपक छुटेर शनिवार घर फर्कँदै छन । उनलाई लिनको लागि परिवार शुक्रबार कोलकत्ता पुगिसकेको छन ।
