उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक पालिका स्तरिय उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ठाटीकाँध गाउँपालिकाबाट सुर्खेतमा रहि जागिर, व्यवसाय तथा अध्ययनको रुपमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सहभागीतामा परिचयात्मक, अन्तरक्रिया तथा उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
ठाटीकाँध गाउँपालिकाको समन्वय तथा INFO ठाटीकाँध नामक स्वतन्त्र समुहको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ठाटीकाँध गाउँपालिका जन्मभूमि भई हाल सुर्खेतमा कर्मक्षेत्र बनाई बस्नुभएका करिब २०० जनाको सहभागिता रहेको थियो ।
एक दिने परिचयात्मक, अन्तरक्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम ठाटीकाँध गाउपालिकाको अध्यक्ष श्री रक्षबहादुर शाह ज्यूको अध्यक्षता तथा कर्णाली प्रदेश सभा सदस्य श्री विनोद कुमार शाह ज्यूको प्रमुख आतिथ्यतता र अन्य पालिका स्तरिय विभिन्न क्षेत्रमा संलग्न व्यत्तित्वहरुको आतिथ्यतामा संचालन गरिएको थियो ।
स्वागत मन्तव्य भुपेन्द्रबहादुर शाहीबाट सुरु भएको कार्यक्रमको सहजीकरण कर्णबहादुर थापा, उत्प्रेरणामूलक कक्षाको सहजीकरण Motivational Speaker रत्नबहादुर बुढा र मन भण्डारीले गर्नुभएको थियो भने मनोरञ्जनको रुपमा राष्ट्रिय लोक दोहोरी गायक धिरेन्द्र शाहीबाट लोक दोहोरी तथा देउडा गित प्रस्तुत गरिएको थियो ।
यसरी प्रदेशमा पालिका स्तरिय उत्प्रेरणामूलक कार्यक्रम संचालन गरिएको यो पहिलो कार्यक्रम हो । उत्प्रेरणामूलक कार्यक्रममा जीवनको परिभाषा, परिवर्तन किन आवश्यक छ, सफलताका रहस्यहरु के हुन्, मानव भएर जन्मेपछि हाम्रा जिम्मेवारी र कर्तव्यहरु के के भन्ने विषयमा सहजीकरण गरिएको थियो ।
आफनो मन्तव्य दिनुहुदै प्रमुख अतिथि विनोद कुमार शाह ज्यूले आफुले ठाटीकाँध गाउँपालिकाको विकासको लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्दता जनाउनुभयो । INFO ठाटीकाँध नामक समुहले गरेको यो कामको प्रशंसा गर्न चाहन्छु र विशुद्द सामाजिक सेवाका नामले सुरु गरेको यो काममा मेरो हातेमाले हुने कुरामा सबैलाई विशस्त पार्न चाहान्छु भन्दै आफनो प्रतिबद्दता जनाउनु भएको छ । सामाजिक कार्यको लागि सबै जना हातेमालो गरि अगाडी बढ्न तयार भएको कुरा सबै जनाले जनाउनुभएको थियो । कार्यक्रमको समापनमा बोल्नुहुदै कार्यक्रमका सभाअध्यक्ष गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले समाज सेवाका यी र यस्तै कार्यहरुका लागि गाउँपालिकाको सदैव साथ र समर्थन रहने कुरामा विश्वस्त पार्नुभयो ।
सकारात्मक रुपमा गरिने हरेक काममा पालिकाको साथ रहन्छ । अहिले पालिकालाई रचनात्मक सुझावको आवश्यकता रहेकोले सबै युवा विद्यार्थीहरुलाई विकास र अन्य कामका लागि रचनात्मक सुझाव दिन मेरो अनुरोध छ उहाँले भन्नुभयो । उक्त कार्यक्रममा १५ जना समाज सेवा गर्ने उद्देश्य बोकेका व्यक्तिहरुबाट करिब २ लाख १२ हजार बराबरको रकम समाज सेवा गर्ने हेतुले कोषको रुपमा उपलब्धता गराउने प्रतिबद्दता जनाउनुभएको छ ।