कर्णालीमा एमाले संसदीय दलको नेता आजै टुङ्ग्याउने तयारी
सुर्खेत । कर्णली प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेता आज टुङ्ग्याउने भयको छ । त्यसका लागि आज दिउँसो १ बजे बैठक बस्ने तयारी एमाले प्रदेश कमिटीले गरिरहेको छ । एमाले सांसद टेकराज पछाईका अनुसार सकेसम्मत सर्वसम्मत तरिकाले दल नेत चयन गर्ने तयारी भइरहेको छ । दल नेताका लागि एमाले स्थायी कमिटीसदस्य एवं प्रदेश इञ्चाज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । शाह दैलेख बाट निर्वाचित सांसद हुन भने कंडेल सुर्खेत बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
२०७४ को निर्वाचनमा पहिलो बनेको एमालेको नेतृत्व नेता कंडेलले आफ्नो नेतृत्वमा भने कर्णाली प्रदेश सरकार निर्माण गर्न सकेनन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकार बनाउने आकांक्षाले उनले निर्वाचनमा पुनः प्रदेश सभा नै रोजेका थिए।
