नेकपा एमालेबाट कर्णाली प्रदेश संसदीय दलको नेतामा चयन :कंडेल
सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कंडेल निर्विरोध चयन भएका छन् । आज बसेको नेकपा एमालेको प्रदेश कमिटीको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो ।
उनी सुर्खेतबाट निर्वाचित सांसद तथा नेकपा एमाले स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्ज पनि हुन्। संसदीय दलको नेताको लागि नेकपा एमाले प्रदेश अध्यक्ष तथा दैलेखबाट निर्वाचित सांसद विनोद कुमार शाहले पनि आकांक्षा देखाएका थिए। उनी पछि हट्दा कंंडेल सर्वसम्मत चयन भएका हुन् ।
