नौमुलेकै पहिलो पूर्ण सरसफाइ उन्मूख वडा

दैलेख । दैलेख जिल्लाको नौमुले गाँउपालिका वडा नं. ३ द्धारीलाई एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । ‘सरसफाई हाम्रो जिम्मेवारी,पूर्ण सरसफाई उन्मूख हाम्रो द्धारी’ भन्ने मुल नाराका वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीले सभालाई मूल व्यानर अनावरण गर्दै घोषणा गर्नुभएको हो ।
नौमुले गाँउपालिका र कोरियन रेडक्रस मार्फत नेपाल रेडक्रस सोसाईटी द्धारा संचालित समावेशी खानेपानी तथा सरसफाई स्वच्छता प्रवद्र्धन परियोजनाको सहजिकरणमा वडास्तरिय खानेपानी सरसफाई स्वच्छता समितिको आयोजनामा घोषणा गरियको हो ।
पूर्ण सरसफाइ उन्मूख वडाका लागि बिभिन्न सुचकहरुमा ०७५ माघ महिना देखि परियोजनाले कार्यक्षेत्र बनाएर बिभिन्न छ वटा क्षेत्रमा काम गदै अएको थियो । जस्मा सुरक्षीत खानेपानीको पहुँच,समावेशी सरसफाइ,स्वच्छता प्रवद्र्धन,लैंगिक समानता तथा समाजिक समावेशीकरण,जिविकोपार्जन सहयोग र संगठनात्मक विकासमा जोड दिदै आएको छ ।
नेपाल सरकारको एक घर एक घारा निति अन्तरगत नौमुले गाउपालिकाको सहलगानीमा बिभिन्न ११ वटा आयोजना मार्फत पाँच सय १९ बढि घरधुरीमा पानिको धारा सहित शौचालय निर्माण तथा मर्मत गरिएको परियोजना अधिकृत हिरासिंह बिश्वकर्माले बताए ।
त्यस्तै सरसफाई सहलगानी कोष मार्फत वडा स्तरिय खानेपानी तथा सरसपफाई समन्वय समिति मार्फत बिभिन्न गतिबिधीहरु संचालन गरि सरसफाईका इकाईहरु निर्माण गरिएको छ । ‘ एक घर एक धारा सहित,जुठेला,च्याङ मचाङ निर्माण,करेसाबारी निर्माण,फोहोर फाल्ने खाडलको व्यवस्थापनका साथै कुहिने र नकुहिने फोहोरको व्यवस्थापन लागि खाडल संगै टोकरी बनाएको वडाध्यक्ष नरबहादुर पुरीले बताए ।
‘पालिकाका ८ वटा वडाहरु मध्य आगामी दुई बर्ष भित्र थप ४ वटा वडालाई पूर्ण सरसर्फाइ उन्मूख वडा घोषणा गर्ने गरि बिभिन्न सुचकहरुमा कामको थालनी गरेको छौ ’ नौमुले गाँउपालिका अध्यक्ष छविराम सुवेदीले बताउनु भयो । जस्का लागि पालिका सहित बिगत बर्षदेखिनै ग्रामिण जलस्रोत व्यवस्था परियोजना,सुआहारा लगाएत सस्थाहरुको साझेदारीमा बिभिन्न सुचकमा काम गएको सुवेदीले बताए ।