कणाली प्रदेश सभामा पृथ्वीनारायण शाहको तस्बिर राख्दै राप्रपा सचिवालय स्थापना
सुर्खेत । कर्णाली प्रदेश सभामा नेपाल एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको तस्बिर राखेर राष्ट्रिय प्रजातन्त्र पाटीको प्रदेश सभा सचिवालयको स्थापन गरिएको छ। बुधबार विधिवत् रुपमा कर्णाली प्रदेश सभामा रहेको राप्रपाको सचिवालयमा पृथ्वीनारायण शाहको तस्बिर राखिएको हो।
पृथ्वी जयन्तीको अवसर पारेर पृथ्वीनारायण शाहको तस्बिर कर्णाली प्रदेश सभामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालयमा स्थापमा स्थाना गरी धार्मिक बिधि अनुसार पुजापाठ गरेर पार्टीको सचिवालयको उद्घाटन गरेको राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले जानकारी दिइन् । उनले भनिन, ‘पछिल्लो समय इतिहास हराउँदै गएको छ । नेपालको इतिहासमा राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपाल एकीकरणको नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहको तस्बिर राखेर इतिहास जोगाउनुपर्छ भन्ने सन्देश दिन पनि प्रदेश सभामा रहेको राप्रपाको सचिवालयमा विधिवत रुपमा पृथ्वीनारायण शाहको तस्बिर राखेर सचिवालयको स्थपना गरेका हौँ।’



पृथ्वीनारायण शाहको तस्बिर स्थापना गर्दै राप्रपा प्रदेश सभा सचिवालय उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी अध्यक्ष तथा सदस्य लगायतको सहभागीता रहेको थियो । प्रदेशभा ससचिवालय उद्घाटन गर्दै राप्रपाबाट कर्णाली प्रदेश सभामा निर्वाचित सांसद सन्तोषी शाहीलाई बधाई शुभकामना दिने कार्यक्रम पनि भएको थियो ।
