हिमाल र बौद्ध यातायात प्राली बिच एकता
सुर्खेत । बिरेन्द्रनगरमा संचालित पब्लिक हिमाल यातायात प्रालि र बाैद्व यातायात प्रालि एकीकृत भई पब्लिक हिमाल यातायात प्रालिकाे नामबाट संचालन हुने भएकाे छ।

२०७९पुस २९ गते पब्लिक हिमाल यातायात प्रालिकाे कार्यलयमा अध्यक्ष खगेन्द्र प्रसाद शर्माकाे अध्यक्षतामा बसेकाे सयुक्त बैठकले २०७९ माघ १ गते देखि सयुक्त सेवा दिने निर्णय गरेकाे पब्लिक हिमाल यातायत प्रा लिका अध्यक्ष खगेन्द्र प्रशाद शर्माले बताए।
पब्लिक हिमाल यातायत प्रालिमा आबद्व ३१६ मालबाहाक सवारी साधन र बाैद्व यातायात प्रालिमा आबद्व १४४ मालबाहाक सवारी साधन सहित ४६० ढुवानि का साधनहरु संचालनमा आउने पब्लिक हिमाल यातायात प्रालिका महासचिब रमेश बरालले जानकारी दिए पव्लिक हिमाल यातायात प्रालिले ब्यबसायिहरुकाे हक हितमा काम गरिरहेकाेले अझ मजबुत बनाएर सदस्यहरुलाई कुनै पनि कठिन अबस्था आउन नदिन प्रा लि लागिपर्ने प्रालिकाे काेषाअध्यक्ष कर्ण बहादुर शाहिको भनाई छ ।
सवारी धनी तथा चालक सहचालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामुलक तालिम दिएर सचेत गराईरहेकाे कार्यलय प्रमुख भुपेन्द्र शाहीले बताए ।
