राजनिति छोडेर बाख्रापालनमा
दैलेख । ठाटीकाँध गाउँपालिका अधिकाँश पुरुष रोजगारीका लागि गाउँ खाली गरेर मुग्लान जान्छन् । कालापहाडमा ६ महिनामा विताएर जीउ ढाक्ने कपडा र खानाको जोहो गरेर घर फर्किन्छन् । गाउँमै रोजगारी नपाउँदा विदेशिने युवा गाउँमै रोक्न स्थानीय सरकार सँग कुनै योजना छैन ।
तर ठाटीकाँध गाउँपालिका –१, कोसेडीका ५२ बर्षियका कलमबहादुर शाहीले (विहानी) राजनिति छोडेर बाख्रापालन व्यवसाय लागेका छन् । २०५६ सालमा बन्दुकको नालबाट सत्ता बदल्न हिडेका शाही गरिव विपन्न र राज्यलाई बदल्न नसकेपछि वितृष्णा जाग्यो । गाउँ फर्केर बाख्रापालन व्यवसायमा लागे । गाउँघरमै बसेर बाख्रा खसी बोका विक्री वितरण गरि शाहीले बार्षिक १० लाख आम्दानी गर्दै आएका छन् ।

पालिका सदरमुकाम देखी ५ किलोमिटर टाढा । भिरालो पाखो पखेरा,सिचाइ खानेपानीको अभाव उस्तै । झटटै हेर्दा मरुभुमि जस्तै लाग्ने यो हो,ठाटीकाँधको कोसेडी गाउँ । त्यही गाउँका अन्य व्याक्ति जहान परिवार पाल्न मुग्लान जान्छन । कोही बर्ष दिनमा । केही ६ महिनामा घर फर्किन्छन् । तर सोही गाउँका कलमबहादुर शाही गाउँमै बसी मनग्य आम्दानी गर्न थालेका छन् । राजनिति छोडेर भिरालो जमिनमा भुई र डाले घाँसका रोपे । २०६४ मा जनजागरण बाख्रा फर्म दर्ता गरि व्यावसाय शुरु गरे । बाख्रापालन गरेका शाही गाउँकै अगुवा कृषक बनेका छन् ।
२०७७ सालमा बर्षको सर्वोकृष्ट किसान पुरस्कार पाएका शाहीको फर्ममा बयर,िसरोही, राजस्थानी,जमुनाह पार र खरी जातका बाख्रा छन् । जहान परिवारले बाख्रालाई स्याहार र आहार व्यवस्थापन गरेपनि गाउँपालिका सरकार बेखबर जस्तै छ । फर्ममा २ सय ५० को हाराहारीमा बाख्राको संख्या छ । बाख्रापालनकै लागि उच्च प्रोटिन भएका घाँसहरु मोरङ,रौतहट,बन्दिपुर भारतको पञ्जाव प्रान्तबाट समेत ल्याएर बाख्रा उत्पादनका लागि ४६ प्रजातीको रोपेका छन् । व्यवसायिक र सफल बाख्रापालक किसानको पहिचान बनाउदा गाउँको सिंहदबारले नदेखेको शाहीको दुखेसो छ ।
शाहीको बाख्रापालन देखेर वाख्रा खरिदकाम लागि अछामबाट दैलेखको ठाटीकाँध पुगेका पुगेका तुर्माखाँद गाउँपालिका ग्राहक समेत दंग छन् । लगनशिलता इमान्दरिता,मेहनत गरेपछि जस्तो सुकै ठाउँमा पनि हिरा फलाउन सकिदो रहेछ । यस्तो भिरामो जमिनमा यसरी बाख्रापालन गर्नु सजिलो छैन, अछाम तुर्माखाँद गाउँपालिका २ का भरतबहादुर शाहीले बताए । उनले भने,यो कामले हामीलाई समेत उत्प्रेरणा जगायो । हामी अचम्म छौं,यस्तो भिरालो जमिनमा ।
शाही जस्तै ठाँटिकाँध गाँउपालिका वडा नंं ६ भौडाचौरका रविन्द्र थापाले बाख्रा,भेडा पालन गरेका छन् । भेडा खसी बाख्रा विक्री वितरण गरि बार्षिक ६ लाख आम्दानी गर्दै आएका छन् । बाख्रापालन व्यवसाय गर्दै आएपनि स्थानीय सरकार र प्रदेश सरकारले किसानलाई दिने अनुदानमा कहिल्यै पाउदैनन् । पद्धति र सिद्धान्तको आधारमा नभई स्थानीय सरकारले आफ्ना कार्यकर्तालाई पाल्ने काम गरेको उनको आरोपछ । सरकारीले सक्कली किसानको पहिचान गरि अनुदान उपलब्ध गराए अधिकाँश किसान व्यवसायमा लाग्छन,उनले थपे ।
सडक सञ्जाल जोडिए सँगै बाख्रापालन व्यवसायलाई बजारको अभाव छैन । ठाँटिकाँधबाट सयौको संख्यामा दैलेख,अछाम,कालिकोट,सुर्खेत,नेपालगञ्ज हुदै पोखरा काठमाण्डौ सम्म निर्यात हुन्छ । अधिकाँश ग्राहक फोर्ममा गएर खरिद गर्छन् । सरकारी तवरबाट गरिने काखा र पाखाले किसान हैरानी परेका छन् ।
जनप्रतिनिधि र कर्मचारीको पुर्वाग्राही व्यवहारको शिकार बन्नुका साथै सेवा सुबिधामा समेत बन्चित हुनु परेको देखिन्छ केही किसानले आफैले गर्दाको काममा स्थानीय सरकार हौसला दिन सकेको छ नत संघ प्रदेशले नै । सरकारले ल्याउने गरेको अनुदान अझै पनि बास्तविक किसान हातमा परेको छैन । सरकारले बास्तविक किसानको पहिचान गरि अनुदान दिए रोजगारका लागि विदेशिनु पर्ने बाध्यतामा कमी आउने थियो कि ?
