लोभ लाग्दा सामुदायिक विद्यालय
गुराँस(दैलेख) । जिल्लाभर ५३० वटा सरकारी विद्यालय छन् । अधिकाँश विद्यालयको अवस्था टिठ लाग्दो र दयनिय छ । कतै पाठ पुस्तक पुगेको छैन ।विद्यालयमा बालमैत्री धारा,छात्रामैत्री शौचालय,खानेपानी,फर्निचरको अभाव छ ।


जीर्ण भवन छन्,।कतिपय सरकारी विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक छैनन्,कतै शिक्षकको अनुपातमा विद्यालयको अभाव छ । बर्षेनी सरकारले करौडौं रकम शिक्षामा खर्च गरेको छ । तर विद्यालयका भौतिक संरचना पढाईको गुणस्तर दिन-प्रतिदिन खस्किदै गएको छ । तर दैलेखको दक्षिणमा पर्ने गुराँस गाउँपालिका विद्यालयको भौतिक अवस्था,गुणस्तरिय पढाई,बालमैत्री धारा,डिजिटल माध्यम,सिर्जनशिलता पढाईले गर्दा पढाईको गुणस्तर सुधार हुनुका साथै नीजि विद्यालय भन्दा अब्बल छन,सरकारी विद्यालय ।

गुराँस गाउँपालिकामा ४७ वटा सामुदायिक विद्यालय ५२ वटा बालविकास केन्द्र छन् । ९९ वटै विद्यालय र बालविकास केन्द्रका भवन सफा चिटिक्क छन् ।

शान्त वातावरण, सरसफाई,बालमैत्रीधारा,गुनासो पेटिका,प्राथमिक उपचार,डिजिटल माध्यामबाट पढाई हुने गरेको छ । भौतिक संरचना,सरसफाई र गुणस्तरिय पढाई हुनथालेपछि अन्यपालिकाका शिक्षक जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समिति गुराँसमा शैक्षिक अवलोकन भ्रमण आउने गरेका छन । गुणस्तरिय भौतिक संरचनाले गर्दा बुढापाकाको समेत मन लोभिन थालेको छ । हाम्रापालामा यस्ता स्कुल थिएनन,खरको छाना थियो । आज भोली गाउँका स्कुल देख्दा छिटो जन्मिएछ बेकार जस्तो लाग्ने गरेको गुराँस गाउँपालिका ६ का पदमबहादुर खत्रीले बताए ।


गाउँ घरमा नीजि विद्यालय जस्तै सरकारी विद्यालय भौतिक संरचना र गुणस्तरिय पढाई हुन थालेपछि विद्यार्थी खुशी छन् ।हाम्रो विद्यालय नीजि भन्दाकम छैनन् । पढाई पनि राम्रो छ बालमैत्री धारा छन् । तर छात्रामैत्री शौचालय अभाव रहेको जयजनता मावि कक्षा ८ मा अध्ययरत छात्राले बताईन ।
हाम्रा सामुदायिक विद्यालय राम्रा बनाउन सिकाई उपलब्धी हुनुपर्ने,शिक्षक विद्यार्थी र अभिभावकले नीतिनियमको पालना गर्नुपर्ने बालकल्याण शिक्षकको भनाई छ । भौतिक संरचनाले मात्रशिक्षाको गुणस्तर नहुने हुँदासिकाई सिर्जनशिल्ता उपलब्धी मुखी हुनुपर्ने बाल कल्याण नमुना आधार भुतका प्रधानाध्यापक प्रमबहादुर विसीले बताए । अभिभावक,शिक्षक र विद्यालय व्यवस्थापन समितिले सक्रिय हुनुका साथै सबै काम पारदर्शिता भएमात्र गुणस्तरिय शिक्षा दिन सकिन्छ उनले भने ।
२०७५ मा गाउँपालिकाले शिक्षा नीतिल्याई बजेट विनियोजन गरि पछि सोसेक नेपालको सहयात्रा परियोजनाको झण्डै १५ करोड लगानीमा पढाई सँगै विद्यालयको सुधार भएको गुराँस गाउँपालिकाले जनाएको छ । शैक्षिक अवलोकन भ्रमण गुराँस गाउँपालिका पुगेका ठाटीकाँध गाउँपालिका वाल कल्याण आधार भुत विद्यालयका प्रअ टेकबहादुर रोकाया शैक्षिक सामाग्री,शिक्षकलाई सिर्जनशिलता तालिम अभावले पढाई गुणस्तर हुननसकेको बताए ।रोकाय जस्तै शैक्षिक अवलोकन जय जनता मा.वि पुगेकी शिक्षिका भ्रमण सिकाई मुलक भएको बताईन ।

विकास कानाममा आएको बजेट पारदर्शिता,गाउँपालिका ल्याएको शिक्षा नीतिले गर्दा विद्यालय र पढाई गुणस्तर बनेको जय जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खत्रीले बताए ।


जिल्ला भरकाअधिकाँश विद्यालय अवस्था दयनिय भईरहँदा दैलेखको दक्षिणमा पर्ने गुराँस गाउँपालिकाका सामुदायिक विद्यालयमा भएको परिवर्तनले दैलेख मात्र होइन कर्णालीमा सकारात्मक सन्देश दिएको छ ।
गाउँपालिकाले २०७५ माल्याएको शिक्षानीति सँग बजेट विनियोजन सँगै सोसेक नेपालको सहयात्रा परियोजनाको लगानीमा गुराँसका सामुदायिक विद्यालयले नीजि स्कुलको लय पन्छयाउन थालेका हुन् । गाउँमा नीजि विद्यालयकै जस्तै पढाई विद्यार्थी औधी रमाएका छन् । विद्यालय र पढाईमा आएको परिवर्तनले गाउँमै सिंहदरबार आएको गुराँसका बासिन्दाले महसुस गर्न थालेका छन् । शिक्षामा गुराँस पालिकाले ल्याएको परिवर्तनको सिको अन्य पालिकाले चासो दिन जरुरी छ ।
