उपप्रधानमन्त्री तथा गृहमन्त्री पुगेपछि आफन्तले जिम्मा लिए आचार्यको शव
नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन्।
सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि आफन्तले शव जिम्मा लिएका हुन्। सरकारले सम्बोधन नगरेको भन्दै आफन्तले बिहानैदेखि शव बुझ्न मानेका थिएनन्।
लगत्तै दिउँसो गृहमन्त्री लामिछाने आफैं पुगेका थिए।
अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।
