साक्षरता कक्षा समापन संगै पोषण खाद्य प्रर्दशनी
सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत लेकवेशी नगरपालिका –९ चौरासे र वडानं –१० फाँटमा सहजीकरण गरिएका ४० दिने वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको समापन संगै पोषण खाद्य प्रदर्शनी गरिएको छ ।

प्रजनन उमेरका १५ देखि ४९ वर्ष सम्मका महिला सदस्यहरूलाई खाद्य विविधताको बारेमा चेतना अभिवृद्धि गर्ने अभिप्रायले वित्तिय शिक्षा तथा व्यावसायिक सारक्षता कक्षा सञ्चालन गरिएको थियो ।
जनअपेक्षा कृषि सहकारीसंगको सह लगानीमा उप–समुह, सहकारी तथा समुह सदस्यहरुलाई सहभागी गराई कृषि क्षेत्र विकास कार्यक्रम अन्तगर्त वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा सञ्चालन गरिएको थियो । स्थानीय स्तरमा पाईने पोषणयुक्त चिजबस्तुबाट बनेका परिकारका खाद्य प्रदर्शनीमा समुहका सदस्यले प्रर्दशन गरेका थिए ।

मूल्य श्रृङ्खलामा समावेश भएका किसानलाइ सिप,क्षमता लगानी तथा भौगोलिक अवस्था अनुसार व्यवसाय छनौट तथा सञ्चालन गरि व्यवस्थापकिय क्षमता अभिबृद्धि गर्नु प्रजनन कार्यक्रम लक्ष्य रहेको बताउँदै कृषि क्षेत्र विकास कार्यक्रम ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत रत्नबहादुर बुढाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सकिएन भने यसको उद्देश्य पुरा नहुने बताए ।
उनले भने, तपाईहरुले सिकेका कुरा व्यवहारमा लागु गरेर अरुलाई सिकाउदै जानुभयो भने मात्र यो कार्यक्रमले सार्थक पाउँछ । त्यसैगरि सोही कार्यक्रमको समापन कार्यक्रमा बोल्दै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत रुद्र आर्चायले भने,“हाम्रो गाउँ समाजमा आफुले उत्पादन गरेका कम मुल्यमा विक्री गरि बजारबाट जङ्क फुड किनेर ल्याउने चलन भईसकेकोले यसलाई हटाउनुपर्छ ।”
उनले थपे,स्थानीय स्तरमा उत्पादित विविध परिकारका पोषिलो खानेकुराहरुको आज जसरी तपाईहरुले प्रदशनी गर्नुभएको छ, अब आउने दिनमा समुदायका मानिसहरुले स्थानीय उत्पादनलाई प्रवद्वन गर्दै त्यसलाई उपभोग गर्नमा जोड दिनुपर्छ ।
ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा सञ्चालन गर्नुको उद्देश्य, समुदायमा यसको महत्व र आमागी रणनीतिका बारेमा प्रष्ट पारेका थिए । जनअपेक्षा सहकारी संस्थासंगको सहलगानीमा ४ वटा उपसमुह मार्फत जम्मा ११२ जना सदस्यहरु सहभागी गराई कक्षा सञ्चालन कार्यक्रमको व्यवस्थापन कृषि प्राविधिक जनक बुढाले गरेका थिए ।
