गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड उद्धघाटन
दैलेख । ठाटिकाँध गाउँपालिकामा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाको अध्यक्षातामा र गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहको प्रमुख आतित्यथामा उद्धघाटन भएको छ,राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाको श्री कृष्ण उच्च माध्यामिक विद्यालयमा संचालन भईरहेको छ कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोपाल बि.सि , गाउँपालिका उपाअध्यक्ष देबिराम बडुवाल , ६ वटै वडाका जनप्रतिनिधि, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापक, गाउँपालिकाका निर्बाचित जनप्रतिनिधि ,प्रमुख प्रशाशकिय अधिकृत र खेलप्रेमिहरुको उपस्थितिमा पानसमा बत्ति बालेर तथा पहिलो बल सर्भिस गरेर प्रमुख अतिथि रक्ष बहादुर शाहले खेलको उद्धघाटन गरेका थिए ।


ठाटिकाँध गाउँपालिकामा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड पहिलो पटक भएको र श्री कृष्ण.मा.बि.को मैदानमा भएकोमा श्री कृष्ण मा.बि का प्राधानाध्यापकले खुसि ब्यक्त गर्दै आगामि दिनमा पनि खेलाडिहरुको मनोबल बृद्धि गर्नको लागि शिक्षाको साथमा खेलकुदलाई पनि प्राथामिकतामा राख्नुपर्ने बताएका छन ।

गाउँपालिका उपाअध्यक्ष देबिराम बडुवालले खेलकुदका लागि उपयुक्त खेलमैदान निर्माण तथा खेलाडिलाई पे्ररणा दिनुपर्ने बताए , प्रमुख अतिथि तथा पालिका अध्यक्ष रक्ष बहादुर शाहले राष्ट्रका लागी खेलकुद स्वास्थका लागी खेलकुद भन्दै आफुपनि खेलकुदलाई मायाँ गर्ने भएकोले खेलकुदलाई प्राथामिकतामा राख्दै खेलकुद मैदान निर्माणको लागि पहल भईरहेको बताए संघिय संरचना निर्माण पछि खेल्न सुरु भएको राष्ट्रपति रनिङ शिल्ड ठाटिकाँध गाउँपालिकामा पहिलो पटक संचालन भएको खेलमा भाग लिने सम्पुर्ण विद्यालय तथा विद्यार्थीहरूलाई हार्दिक बधाई शुभकामना तथा धन्यबाद दिए । पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दा पालिकाको एकै ठाउँमा नगरी पालिकाको बिभिन्न स्थानमा गर्न सकिने बताए ।


सभा अध्यक्ष नेत्र बहादुर थापाले अघिल्ला बर्षहरुमा खेलकुद आयोजना गर्न नसकेकोमा दु: ख ब्यक्त गर्दै अब गरीने खेलकुदका कार्यक्रमहरु समयमै गराउने बताए ।

पहिलो दिनको भलिबल खेलमा कृष्ण मा.बि र देउति मा. बि बिच प्रतिसप्रधा हुदा कृष्ण मा.बिले जित हासिल गरेको ठाटिकाँध गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताए कार्यक्रम संचालन भवानि मा.बि का शिक्षक तथा खेलाडि गणेश खनालले गरेका थिए ।

