कर्तव्यपालना नगरि अधिकार प्राप्त गर्न सकिदैन
दैलेख । कर्णाली प्रदेशसभाका सदस्य गमता बिकले अधिकार प्राप्त गर्नका लागि सबैले आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताईन । शनिवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले सदरमुकाममा आयोजित मानव अधिकार जिल्ला स्तरिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
समाजका नेतृत्व गर्ने व्याक्तिले कुरिती,विकृति विरुद्ध अगाडी बढे अरु व्याक्तिले सजिलै स्वीकार गर्ने भएकाले अगुवाहरुले आत्मसाथ गर्नुपर्छ । समाज बलियो बनाउन नै कुरितिको विर्को बन्द नगरि हुदैन । तब मात्र कुसंस्कार हटेर जान्छ । त्यसका लागि अधिकार सहित कर्तव्यपालना गर्नका लागि सचेत चेत खाँचो रहेको छ उनले भनिन् ।
त्यसैगरि जिसस प्रमुख नमराज शाहीले मानव अधिकार रक्षकले पवित्र मन,निस्वार्थ भावनाले समाजसेवा गरेर अगाडी बढेमात्र अधिकार रक्षक हुन सक्ने बताए । चुनावताका एक राजनीति दलको भजन गाउने,चुनाव पश्चात मानव अधिकार रक्षक हौं भन्नेले नै असली मानव अधिकारी वादीको बदनाम गरिरहेको बताए । उनले भने,मानव अधिकारलाई प्राप्त गर्न लागि घरेलु हिंसा गिजोली रहेकाले त्यसलाई कम गर्न सबै एकजुट भएर लाग्नुपर्छ उनले भने ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आफैले भोगिरहेको शोषण, उत्पीडन विषयमा बोल्न नसक्नेहरुको अधिकारको विषयमा बोल्ने मान्छे मानव अधिकार रक्षक भएको इन्सेका कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए । जोखिममा रहेका नागरिकको सुरक्षा प्रत्याभूती गराउनका लागि सम्मेलन गरेको सुवेदीको भनाई छ ।
सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा समुहगत छलफल गरिएको थियो ।
त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोताले बदलिदो परिवेशमा मानव अधिकार रक्षकका काम, कर्तब्य ,अधिकार र स्थानीय सरकारसंगको भूमिका विषयमा सहजीकरण गरेका थिए ।