डेढ महिनादेखी मन्दिरमै बास
दैलेख । भैरवी गाउँपालिका–४ की ४१ बर्षिया सुना विक बेघरबार बनेको डेढ महिना विति सकेको छ । चार बालबालिका सहित सुनाको परिवार कुल देवता बण्डालीको मन्दिरमुनीको एउटा सानो कोठामा बस्दै आएका छन् । गएको पुस २३ गते श्रीमान नरेश विकले आफनै घरमा आगो लगाई आत्मदाह गरेपछि चारबालबालिका सहित सुना विचल्लीमा परेका हुन् ।
घरबार विहिन भएको डेढ महिना पुगी सक्दा पनि नागरिकको नजिकको सरकार भनिएको भैरवी गाउँपालिकाले पिडित परिवारको लागि कतै बन्दोबस्त गरेको छैन । गाउँ पालिकाबाट पिडित परिवारले लत्ताकपडा खाद्यान्न बाहेक अन्य सहयोग पाएका छैनन् ।

छोरी सुनिताले आत्महत्या गरेपछि भारतमा रहेका नरेश पाँच दिनपछि घर फर्किएका थिए । छोरीको मृत्युको खबर सुनेर घर फर्किएका उनले घरमै पुगेको दिन परिवार सँग झगडा गरि घरमा आगो लगाई आत्मदाह गरेका थिए । मृतक नरेशका चार जना बालबालिका मध्ये मनिषा र गिता कक्षा ४,पवित्रा २ र महेश कक्षा १ भैरव आधारभुत विद्यालयमा अध्ययनरत छन् । विक परिवारका बालबालिकालाई कापी,झोला कलम स्कुल ड्रेसको समेत अभाव छ । घरबार विहिन भएका विक परिवार लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा घर बनाईदिने भैरवी गाउँपालिकाकाले उपाध्यक्ष देवी भण्डारीले बताईन । उनले भनिन,पालिकामा विपन्न परिवार छन् । पालिका सरकारको पहिलो काम घरबार विहिनलाई घर बनाईदिने दायित्व भएकाले यस अघि गोरे सार्कीलाई पालिकाले घर बनाईदिए छ । चालु आर्थिक बर्षमै सुनाले नयाँ घर पाउँछन ।
त्यसैगरि वडाअध्यक्ष चक्रप्रसाद शर्माले पिडित परिवारलाई पहिलो प्राथमिकता राखेर काम गर्ने जानकारी दिए । पिडित परिवारको घाउमा मलम लगाउने काम पहिलो दायित्व वडा सरकारको भएकाले हामी घर निर्माण र पिडित परिवारलाई गाउँमै सिंहदरबार आएको अनुभुत हुने गरि सहयोग गछौं शर्माले भने ।
पिडितलाई सहयोग
छोरी सुनिताले आत्महत्याको खबर सुनेर घर फर्किएका नरेशले आफनै घरमा आगो लगाई आत्मदाह गरेको खबर सञ्चार माध्यायममा आएपछि पोखरा महानगरपालिका ५ का पस्र्याङका ८९ बर्षिय दिनबन्धु कोइराला गएको विहिवार पिडित परिवारलाई भेटेर १ लाख २५ हजार घर निर्माण लागि सहयोग गरेका छन् । बालबालिकाका लागि लत्ताकपडा खाना जोहो र घर निर्माणको लागि १ लाख सहयोग गरेको कोईरालाले जानकारी दिए । उनले भने, समाचार पढी सकेपछि मलाई सहयोग गर्न मन लाग्यो । जग्गा जमिन घर बेच्न लागे विक्री भएन । छोरा सँग ५ लाख मागेर सहयोग गरेको हुँ बाँकी अन्य ठाउँका लागि सहयोग गरे । सहयोग गर्न पाउँदा म खुशी छु । सहयोगले मेरा आँखाका आँशु समेत पुछिएका छन् कोइरालाले थपे । कोईराला अन्य ठाउँका विपन्न दुष्टविहिन गरिव परिवारका लागि सहयोग गर्दै आएका छन् ।

सहयोग पाएपछि पिडित सुना विकले आफुले बा पाएको अनुभुति भएको प्रतिक्रिया दिईन । मेरो गाउँको सरकारले त मेरा पिडा बुझेन त्यति टाढा बाट आएर सहयोग गर्नु भएकोमा धन्यवादन थालीमा रंग मिसाएर बनाएको टिका लगाउँदै सुनाले सहयोगीलाई धन्यवाद दिईन ।
सुना जस्तै भैरवी गाउँपालिकामा धेरै गरिव विपन्न परिवार छन् । ती परिवारको आर्यआर्जनमा सुधार ल्याई जीवन धान्नका लागि आर्यमुलक,सिपमुलक कामलाई जोडन सके मात्र विपन्न गरिव परिवारले गाउँमै सिहदरबार आएको अनुभुति दिलाउन सकोस ।
