स्वास्थ्य शिविरबाट २ हजार ९२८ जनाले सेवा पाए
दैलेख । दुर्गम गाउँका बासिन्दा र सजिलै स्वास्थ्य संस्था सम्म पहुँच नभएका जेष्ठ नागरिक र दिर्घरोगीका लागि दैलेखको नारायण नगरपालिकाले स्वास्थ्य शिविर मार्फत सेवा दिन थालेको छ ।

गाउँघरमा स्वास्थ्य सेवा भएपछि सजिलै पहुँच नभएका जेष्ठ नागरिक र दिर्घरोगीलाई स्वास्थ्य शिविर मार्फत सेवा दिन थालेको हो । स्वास्थ्य संस्था सम्म पहुँच नभएका दिर्घरोगी र जेष्ठ नागरिकलाई स्वास्थ्यमा पहुँच पुगाउनको लागि शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखले जनाएको छ ।
पालिकाले ११ वटै वडामा २ हजार ९२८ जना दिर्घरोगी र जेष्ठ नागरिकलाई सेवा दिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा स्वास्थ्यमा सबै नागरिकको पहुँच होस भन्नका लागि नीति नै बनाएर घरदैलो स्वास्थ्य शिविर गरेर विरामीको सुची तयार बनाई जेष्ठ नागरिक र दिर्घरोगीलाई निशुल्क औषधी वितरण गरिने नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । उनले भने,हामीले नीति नै बनाई गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।
अब गाउँका दिर्घरोगी र जेष्ठ नागरिकलाई घरदैलोमै औषधी वितरण गछौं । गाउँघरमै चिकित्सक सहितको सेवा पाएपछि सामान्य विरामी भएर चेकजाँच गर्न सदरमुकाम जानुपर्ने बाध्यता हटेको स्थानीयबासी मन्जुकुमारी विष्टले बताईन । गाउँमा आर्थिक अभाव हुन्छ । औषधी किन्ने पैसाले भाँडातिर्नु पथ्र्यौ ।
यो शिविर नागरिकलाई प्रत्यक्ष फाईदा पुगेको छ उनले भनिन् । बृद्ध बृद्धा र दिर्घरोगीका लागि टोल टोलमा स्वास्थ्यकर्मी खटाईदिएमा गाउँमै सिहदबार आएको अनुभव हुने स्थानीयबासीको भनाई छ ।
आर्थिक बर्ष ०७९।८० बजेट विनियोजन गरेर नारायण नगरपालिकाले स्वास्थ्य शिविर मार्फत जेष्ठ नागरिक र दिर्घ रोगीलाई निशुल्क औषधी वितरण गरिनु दुर्गम गाउँका विरामीलाई सेवा पाएका छन् । तर नजिकै स्वास्थ्य चौकी समेत औषधी र स्वाथ्यकर्मीको दरबन्दी नहुँदा आम नागरिक समयमै उपचार नहुँदा जिल्ला सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । पालिकाले स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधी र स्वास्थ्यकर्मीको व्यवस्थापन गरि दिगो स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने काम गरोस ।
