ठाटिकाँध गाउँपालिकालाई प्रविधिमैत्री बनाइँदै

दैलेख । स्थानीय तहबाट प्रवाह हुने सेवालाई छिटोछरितो र गुणस्तरिय बनाउन ठाटिकाँध गाउँपालिकालाई प्रविधिमैत्री बनाइने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९ /०८० को नीति तथा कार्यक्रममै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने नीति अघि सारेको थियो।
नीति तथा कार्यक्रममा गाउँपालिका र गाउँपालिका मातहतका कार्यालयमा ई–हाजिरी, योजना सफ्टवेयर, सिफारिस, परिचयपत्र र विद्युतीय दर्ता चलानी सफ्टवेयर लागु गरिने उल्लेख छ ।
सोहि नीति अनुसार गाउँपालिकामा विद्युतिय ई–हाजिरी प्रणाली जडान गरि कार्यान्वयनमा ल्याईएको छ । प्रमुख प्रसासकीय अधिकृत नेम बहादुर खत्रीले गाउँपालिकामा ई–हाजिरी जडान भईसकेको बताए । ‘कर्मचारीको नियमितता, प्रविधिमैत्री पालिका बनाउने मुख्य उदेश्यले गाउँपालिकाको कार्यालयमा ई–हाजिरी जडान गरिएको छ,’ खत्रीले भने ।
गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै जनतालाई छिटोछरितो र गुणस्तरिय सेवा प्रवाहमा जोड दिईएको बताए । उनले गाउँपालिकाले कर्मचारी र जनप्रतिनीधिहरुको क्षमता विकासको लागि आईसिटी, ईगभरनेन्स सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिएको बताए । गाउँपालिकाको नियमित सूचना प्रवाहका लागि डिजिटल वोर्ड राख्नुका साथै विद्युतीय अपराधहरुलाई न्यूनीकरणका लागि पहल गर्ने नीति गाउँपालिकाले लिएको छ त्यस्तै सम्पुर्ण वडा कार्यलय ,स्वास्थ्य कार्यलय तथा विभिन्न बिधालयमा पनि केही समयमै ई हाजिरि जडान गरिने कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताए ।